११ जेष्ठ, सुनसरी । धरान उपमहानगरपालिका–१३ बाट प्रतिवन्धीत लागुऔषध ब्राउनसुगर र नाईट्रोजन ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन ।
लागुऔषध बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १३ की २६ बर्षीया समिया लिम्बु, धरान १३ कै २९ बर्षीय मन्दिप मगर र धरान १५ का ४३ बर्षीय घनश्याम राईलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुका साथबाट प्रहरीले ३ ग्राम ब्राउनसुगर र १५० ट्याबलेट नाईट्रोजन तथा ८३ हजार नगद बरामद गरेको जनाएको छ ।
पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीे कार्यालय धरानले जनाएको छ ।