के हो यूएसबी कण्डम ? कसरी प्रयोग गर्ने ?

के हो यूएसबी कण्डम ? कसरी प्रयोग गर्ने ?


२ जेष्ठ, काठमाण्डौँ । हिड्दा–डुल्दा, खादा–वस्दा होस् या सुत्दा हामी मोवाईको प्रयोग गर्न थालेका छौँ ।

आज मोवाईलबाट हाम्रो जिवन चलिरहेको छ । मोवाईलको एक महत्वपुर्ण भाग ब्याट्री हो । जव मोवाईलको ब्याट्री सकिन्छ तब लाग्छ कि मानिसको जिन्दगी रोकियो । आज हामी पान, विणी, चुरोट जस्ता सामानको पनि डिजिटल पेईमेन्ट (भुक्तानी) गर्न थालीसकेका छौँ ।

यही कारण सपिङ् सेन्टर, बस स्टेण्ड, सार्वजनिक ट्वाईलेट, प्रतिक्षालय जतात्यतै मोवाईलको ब्याट्री चार्ज गर्न सुविधाकालागि यूएसबी चार्जिङ् पोर्टको ब्यवस्था गरिएको हुन्छ ।

तपाई यसमा आफ्नो मोवाईल जोड्नुहुन्छ र ब्याट्री चार्ज गर्नुहुन्छ । तर तपाई सोच्न सक्नुहुन्छ ? चार्जर बोक्न पर्ने झन्झटबाट मुक्ति दिने अनि ब्याट्रि चार्ज गर्न धरै सुविधा दिने यो यूएसबी पोर्ट कति खतरनाक हुनसक्छ भनेर !

साईवर अपराधीले तपाईको मोवाईलको गोप्य र महत्वपुर्ण डाटा चोर्न सार्वजनिक क्षेत्रमा उपलब्ध यूएसबी पोर्टको प्रयोग पनि गर्न सक्छन् । यसबाट बच्नका लागि बजारमा यूएसबी डेटा ब्लकर नाम दिईएको केलब ल्याईएको छ । जसलाई यूएसबी कण्डम पनि भन्नेगरिन्छ ।

यो कण्डम वास्तविक कण्डम जस्तो हुदैन । तर यसले तपाईलाई शुरक्षा दिन्छ । यसले तपाईलाई जुउस चेकिङ्बाट बचाउछ । ‘जुउस’ चेकिङ् एक प्रकारको साईवर आक्रमण हो । जसले तपाईको मोवाईलमा सार्वजनिक यूएसबी पोर्टको माध्यमबाट एक प्रकारको भाईरस पठाउने गर्दछ । त्यसले तपाईको मोवाईलमा ‘मेल्भेयर’ ईन्स्टल गरिदिन्छ र तपाईको निजि जानकारी साईवर अपराधीसम्म पठाउन मद्धत गर्दछ ।

यस बारेमा नोभेम्भरको सुरुवाती हप्तामा ल्युयिक स्कि नाम गरेको ब्यक्तिले चेतावनी दिएका थिए । ल्युयिक स्कि अमेरीका स्थित लसएन्जल्स अभियोजन कार्यलयका सहायक प्रमुख हुन् ।

यूएसबी कण्डम छोटो यूएसबी एडेप्टर जस्तै हुन्छ । यसमा ईन्पुटर र आउटपुट पोर्ट हुन्छ । यो एडेप्टरले मोवाईलको पावर सप्लाई गर्छ तर डेटा एक्सचेन्जलाई पुर्ण रुपमा रोकिदिन्छ ।

यूएसबी कण्डम अमेरीकाको बजारमा १० डलरमा उपलब्ध छ । यो यति छोटो हुन्छ की तपाई यसलाई जहाँपनि बोकेर लान सक्नुहुन्छ । नेपालमा यो २ हजार रुपैँया देखी ५ हजार रुयैँयासम्ममा अनलाई खरिद गर्न सकिन्छ ।

ल्युयिकका अनुसार यस प्रकारको साईबर आक्रमणको परिणाम विनाशकारी हुन सक्छ । उनि चेतावनी दिदैँ भन्छन्ः ‘एक फ्रि ब्याट्रि चार्जिङ पोर्टको माध्यमबाट साईवर अपराधीले तपाईको पुरा बैङ्क खाता खाली गरिदिन सक्छ ।’ उनि थप्छन्ः ‘यदि साईवर अपराधीले मेल्भेयर ईन्स्टल गरिदियो भने तपाईको मोवाईलाई पुरै ब्लक गरिदिन सक्छ ।’

साईवर सम्वन्धी विशेषज्ञहरु पनि यूएसबी कण्डमको प्रयोग गर्न सल्लाह दिन्छन् ।

-बिबिसि

प्रतिक्रिया:

सम्बन्धित खवर