३१ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलेसर्वदलीय बैठक बोलाउनुभएको छ । बैठक अहिले साढे ४ बजेलाई बोलाएको प्रधानमन्त्रीकोे सञ्चारविज्ञ रामशरण वजगाईले जानकारी दिनुभएको छ ।
बैठकमा कोरोना संक्रमण नियन्त्रण र लिपुलेकमा भारतले सीमा मिचेको विषयमा छलफल हुने बुझएको छ ।
प्रधानमन्त्री ओलीको प्रमुख स्वकिय सचिव राजेश बज्राचार्यले दिएको जानकारीअनुसार सर्वदलीय बैठकमा पूर्व प्रधानमन्त्रीहरु र सबै दलका शीर्ष नेताहरुलाई बोलाईएको छ ।
भारतले नेपाली भूमिमा सडक बनाएपछि नेपालमा भारतको चौतर्फी विरोध भैरहेको छ । संसदमा समेत अहिले यही विषय जोडदार रुपमा उठिरहेको छ । प्रधानमन्त्री ओलीले हिजोको मन्त्रिपरिषद बैठकमा भारतले लिपुलेकमा सडक बनाउँदै छ भन्ने कुरा यसअघि आफूलाई थाहा नभएको जनाउनुभएको थियो ।