३० वैशाख, सुनसरी । सुनसरीको चतारामा प्रहरीले ठूलो परिमाणमा लागुऔषधी सहित १ जनालाई पक्राउ गरेको छ ।
ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराले आज विहान वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ८ बाट कोशी गाउँपालिका १ लौकहीका १९ वर्षका रोशन झालाई लागुऔध सहित पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीले नहरको वाटोमा राखेको चेक प्वाइन्ट हुँदै आउदै गरेको स १० प ४६९२ नम्बरको पल्सर मोटरसाईकलाई विहान ४ वजे चेकजाच गर्ने पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराका प्रहरी निरीक्षक अशोक न्यौपानेले बताउनुभयो ।
पक्राउ परेका झाको साथबाट २ एमएल को १ सय ५० को दरले लिजेसीक, फेनारगन र डाइजेपाम गरी ४ सय ५० थान इन्जेक्सन एमपुल, ६५ बोटल डाइलेक्स, २ वोटल फेन्सीडल तथा ६० वटा पत्तामा १४ सय ४० गोटा स्पास्मो प्रोक्सीभेन क्यापसुल यसैगरी नेपाली ११ हजार ८ सय १० र भारतिय रुपैया १ हजार २ सय ३० रुपैंया र मोबाइल, घडी १÷१ थान साथै निलो रंगको स १० प ४६९२ नम्बर पल्सर मोटरसाईकल बरामद गरिएको प्रहरी निरीक्षक न्यौपानेले बताउनुभयो ।