दुहबीका समाजसेवी भट्टराईद्धारा सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा १२ हजार केजी चामल सहयोग

दुहबीका समाजसेवी भट्टराईद्धारा सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा १२ हजार केजी चामल सहयोग

२९ वैशाख, सुनसरी । दुहबीका समाजसेवी सुमन भट्टराईले पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे संगको समन्वयमा १२ हजार केजी चामल सहयोग गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य तथा पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र चितवन नं. १ मा भट्टराईले चामल सहयोग गर्नुभएको हो ।

नेकपा स्थायी कमिटी सदस्य समेत रहेका पुर्वअर्थमन्त्री पाण्डे र समाजसेवी भट्टराईले संम्युक्त रुपमा १० केजीका १२ सय बोरा (१२ हजार केजी) चामल राहतका लागि सहयोग गर्नुभएको हो ।

सांसद सुरेन्द्र पाण्डेका स्वकीय सचिव केशव कंडेलका अनुसार राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकामा ४ सय बोराका दरले चामल हस्तान्तरण गरिएको छ । सहयोग गरिएको चामल भट्टराईले दुहबीबाट आज चितवन पठाएका पठाउनुभएको थियो । चामल आज नै तिन वटा नगरपालिकालाई हस्तान्तरण गरिएको कंडेलले जानकारी दिनुभयो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेको छ । विगत लामो समयदेखि जारी लकडाउनका कारण गरिब, विपन्न तथा मजदुरहरु समस्या परेको भन्दै आफुले सक्दो सहयोग गरेको समाजसेवी भट्टराईले बताउनुभयो । सरकारले एकद्वार नितिबाट राहत वितरण गर्ने निर्णय गरेकोले राहत चामल नगरपालिकालाई हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो ।

भट्टराईले यसअघि पनि ताप्लेजुङ, सुनसरी तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको निर्वाचन क्षेत्रमा खाद्य सामाग्री सहयोग गर्नुभएको थियो । त्यस्तै उहाँले दुहबी नगरपालिकाको कोरोना राहत कोषमा १ लाख नगद सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर