चुलाचुलीको प्रस्तावित किरात संग्राहालयको निर्माणधीन क्षेत्रमा माङचुल्हा स्थापना

चुलाचुलीको प्रस्तावित किरात संग्राहालयको निर्माणधीन क्षेत्रमा माङचुल्हा स्थापना

२६ वैशाख, इलाम । इलामको चुलाचुली ५ स्थित बरबोटेमा प्रस्तावित किरात सांस्कृतीक संग्राहालयको निर्माणधीन क्षेत्रमा किरात पितृ पुजाका लागि माङ्सेवा गर्न सुरु गरिएको छ । लकडाउन कै समय भए पनि स्थानियहरु भेला भएर हिजो वैशाखी पुर्णिमाको अवशर पारेर माङ्–चुल्हा स्थापना गरी पितृ पुज्ने कार्यको थालनी गरेका हुन् ।

२०७५ सालमा स्थापना भएको किरात सांस्कृतीक संङ्ग्राहालय समुहलाई गत बर्ष मात्र भवन निर्माणका लागि स्थानिय श्रीवहादुर याङ्मा राईले करिव २ कठ्ठा जग्गा उपलब्ध गराउनुभएको थियो ।

किरात समुदायको मैलिक तथा सांस्कृतीक सामाग्रीहरु संरक्षण गर्ने उदेश्यका साथ निर्माण गर्न लागिएको संङ्ग्राहालयको सवै काम अहिले लकडाउनका कारण ठप्प रहेको छ । प्रस्तावित किरात सांस्कृतीक संङ्ग्राहालयका अध्यक्ष निशेष राईका अनुसार संङ्ग्राहालय निर्माणका लागि जग्गा प्राप्त भएर पहिलो चरणमा डिपिआरको काम सुरु गर्न नपाउदै काम रोकिएको छ । लकडाउन खुल्न साथ डिपिआरको काम सुरु हुने उहाँले बताउनुभयो ।

साथै चुलाचुली ५ को साकेला थानमा पनि हिजो साकेला पुजा गरिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर