
१९ वैशाख, सुनसरी । सुनसरीको दुहवीमा राहत ओसार–पोसार गर्न लिएको सवारीपास दुरुपयोग गरेको पाईपछि पिकप भेन प्रहरीले नियन्त्रणमा लिएको छ ।
को १ च ७७६४ नम्बरको पिकप भेन आज फुल लोड चप्पल बोकि विराटनगर तर्फ जाँदै गर्दा दुहवी ट्राफिक कार्यलयलले नियन्त्रणमा लिएको हो ।
सवारी पास दुहवी नगरपालिका–६ को कार्यलयबाट जारी गरिएको थियो ।
ट्राफिक प्रहरीलाई संका लागेर उक्त गाडिलाई चेक जाँच गर्दा पासको दुरुपयोग गरेको पाईएको ट्राफिक प्रहरी कार्यलय दुहवीका इन्चार्ज गोपाल श्रेष्ठले बताउनुभयो । अहिले पिकप भेन ट्राफिक प्रहरी कार्यलय दुहवीको नियन्त्रणमा छ ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७