बलिउड अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन

बलिउड अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन

१८ वैशाख, मुम्बई । बलिउड अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । एक्कासी स्वास्थमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको बिहीबार निधन भएको भारतिय संञ्चारमाध्यमले जनाएका छन् ।

ऋषि कपुरको मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा निधन भएको उनका दाइ रणधीर कपुरले पनि जनाएका छन् ।

अमेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा मात्र भारत फर्किएका थिए । यस वर्ष फेब्रुअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो ।

उनको क्यान्सरको उपचारको चलिरहेको थियो ।

अभिनेता अमिताभ बच्चनले पनि कपूरको मृत्युको पुष्टि गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘उनी गए । ऋषि कपूर गए । अहिले भर्खर बिते । म विक्षिप्त भएको छु ।’

बुधबार मात्रै बलिउड फिल्मी जगतका अर्का एक हस्ती इरफान खानको क्यान्सरकै कारण निधन भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर