अनलाईन कक्षा संञ्चालन सम्बन्धी दमक क्याम्पसलाई नेवि संघको ध्यानाकर्षण पत्र

अनलाईन कक्षा संञ्चालन सम्बन्धी दमक क्याम्पसलाई नेवि संघको ध्यानाकर्षण पत्र

१७ वैशाख, झापा । नेपाल विद्यार्थी संघ दमक बहुमुखी क्याम्पसले दमक क्याम्पस प्रसासनलाई अनलाईन कक्षा संञ्चालन सम्वन्धी ध्यानाकर्षण पत्र बुझाएको छ । अनलाईन कक्षा संञ्चालनमा आउन सक्ने समस्याहरुको बारेमा जानकारी गराउदै नेवि संघ क्याम्पस कमिटीका सचिव विशाल सिटौलाद्धारा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्र अनलाईन मार्फत नै क्याम्पस प्रसासनलाई बुझाएको सचिव शिटाैलाले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संम्भावित संक्रमण जोखीम न्यूनिकरणका लागि विगत १ महिना देखी जारी कलडाउनका कारण सम्पुर्ण शैशिक संस्थाहरु ठप्प छन् । तर विद्यार्थीको पठनपाठनमा निरन्तरता दिन दमक क्याम्पसले अनलाईनको माध्यमबाट शिक्षण शिकाईलाई निरन्तरता दिन तयारी गरिरहेको छ ।

हेर्नुहोस् नेवि संघको ध्यानाकर्षण पत्र जस्ताको त्यस्तैः

प्रतिक्रिया:

सम्बन्धित खवर