रहेनन् बलिउड अभिनेता इरफान खान, नेपालमा पनि शोकको लहर

रहेनन् बलिउड अभिनेता इरफान खान, नेपालमा पनि शोकको लहर

१७ वैशाख, काठमाण्डौँ । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो । उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए । खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो।
उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन् ।
जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए । उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो ।
गत शनिबारमात्र उनकी आमाको निधन भएको थियो ।
खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए ।
बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वल्र्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लकबस्टर सिनेमामा पनि काम गरेका थिए ।
बलिउड नायक खान भारतमा मात्रै नभई नेपालमा पनि निकै चर्चित थिए । उनी थुप्रै नेपालीका प्रिय अभिनेता थिए भने कतिले उनलाई एक आदर्शको रुपमा समेत हेर्ने गर्दथे ।
उनको निधनको खबर सार्वजनिक भएपछि नेपालमा पनि थुप्रै हस्तीले यसमा शोक व्यक्त गर्दै आत्माको शान्तिको कामना गरेका छन् ।
इरफानको तस्बिर सोसल मिडियामा पोस्ट गर्दै धेरैले आफ्नो शोक व्यक्त गरेका छन् ।
नेपाली सिने जगतका दिग्गज अभिनेता सुनिल थापाले आफ्नो फेसबुक अकाउन्टमा इरफानको निधनको खबरले दुःखी भएको बताएका छन् ।
नेपाली सिने जगतकी चर्चित अभिनेत्री गौरी मल्लले पनि उनको मृत्युमा शोक व्यक्त गरेकी छिन् ।
साथै, अभिनेता, लेखक तथा नाट्यकर्मी अनुप बरालले पनि इरफानको निधनमा आफू दुःखी भएको बताएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270