ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

१६ वैशाख, ताप्लेजुङ । ताप्लेजुङको श्रीजंगा गाउँपालिका वडा नं. २ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान ११ बजेको समयमा खादिम्बे तर्फ खाद्यान्न लिन जाँदै गर्दा ट्याक्टर दुर्घटनामा परेको थियो ।

जनमेजय निर्माण सेवा प्रा.लि.को प्रदेश १–०१–००१ त ८२४८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर अनियन्त्रित भई सडक देखि करिव १ सय मिटर तल झरेको थियो । ट्याक्टर चालक पाँचथरको हिलिहाङ गाउँपालिका ५ का २२ बर्षीय निर्मल लामिछानेको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दुर्घटनामा परी ट्याक्टरका सह–चालक स्थानीय १९ बर्षीय रुद्र पौडेल भने सामान्य घाईते भएको जनाईएको छ । उनको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर