वडासदस्यले आफन्तलाई मात्र राहत वाडेको भन्दै सुनसरीमा झडप, दुई जना घाईते

वडासदस्यले आफन्तलाई मात्र राहत वाडेको भन्दै सुनसरीमा झडप, दुई जना घाईते

१३ वैशाख, सुनसरी । सुनसरीको हरीनगर गाउँपालिकामा राहत वितरणको विषयमा झडप हुँदा एक जना गम्भिर घाईते भएका छन् । हरिनगर गाउँपालिका–४ मा राहतको विषयमा विवाद उत्पन्न हुँदा झडप भएको हो ।

प्लान इन्टरनेश्नल नेपाल नामक संस्थाले वितरण गरेको राहत वडा सदस्य लखन महतोले आफ्नो आफन्तलाई मात्र दिएको भन्दै स्थानियले प्रतिवाद गरेपछि झडप भएको थियो । स्थानीय गरिव जनतालाई भन्दा धनी हुने खानेलाई वडासदस्य महतोले राहत दिएको स्थानियले आरोप लगाएका छन् ।

विवादका कारण एक जना गमभिर घाइते भएका छन् भने अर्का एक सामान्य घाईते भएको स्थानीय विवेक मेहताले जानकारी दिनुभयो । गम्भिर घाइते हुनेमा स्थानीय जिरखन महतो रहेका छन् । उनको डाउको र मुखमा चोट लागेको छ । अर्का घाइते मुना महतोलाई भने सामान्य चोट मात्र लागेको छ ।

यता हरिनगर गाउँपालिकाका अध्यक्ष गाफार अंसारी भने केही संस्थाले कुनै जानकारी नगराई आफूखुसी राहत वितरण गरेको बताउनुहुन्छ । राहत वितरण भईसकेपछि समाचारहरु संचार मध्यममा आउदा मात्र आफुहरुले थाहा पाएको उहाँ गुनासो गर्नुहुन्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर