पूर्वसचिव उपाध्यायविरुद्ध साइबर अपराधमा मुद्दा चलाइने

पूर्वसचिव उपाध्यायविरुद्ध साइबर अपराधमा मुद्दा चलाइने

११ वैशाख, काठमाण्डौँ । नेपाल सरकारका पूर्वसचिव समेत रहेका भीम उपाध्यायविरुद्ध प्रहरीले साइबर अपराध विरुद्धको मुद्दा चलाउने भएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालत काठमाण्डौँमा उनलाई उपस्थित गराएर म्याद थप माग गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री, मन्त्री, राज्यका माथिल्लो अधिकारीलगायत अन्य संस्थाविरुद्ध गाली गरेको आरोपमा उपाध्यायलाई साइबर ब्यूरोको टोलीले हिजो साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको थियो ।

साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालका अनुसार उपाध्यायमाथि प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा ३ ठाउँबाट उजुरी परेको छ । ति यजुरी पछि अदालतबाट पक्राउ पुर्जी लिएर नियन्त्रणमा लिइएको साइबर ब्यूरोका एसएसपी अर्यालले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर