९ बैशाख, विराटनगर । प्रदेश नं. १ सरकारले उदयपुर जिल्लालाई पुर्ण रुपले सिल गर्ने निर्णय गरेको छ । एकैदिनमा उदयपुरका ९ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण फेलापरेपछि प्रदेश सरकारले जिल्लालाई नै सिल गर्ने निर्णय गरेको हो ।
जिल्लामा आवतजावत पुर्ण रुपले बन्द गर्ने प्रदेश सरकारले निर्णय गरेको प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेका बताउनुभयो । “जिल्लाबाट अन्य ठाउँमा संक्रमण नफैलियोस् भनेर सिल गर्ने निर्णय भएको हो ।” उहाँले गृह खबरसंग फोन सम्पर्कमा बताउनुभयो ।
आजमात्र उदयपुर जिल्लाको भुल्केमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
केही साता अघिमात्र सोही ठाउँको एक मस्जिदमा रहेका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो ।