काेराेनाका कारण विश्वमा १ लाख ४५ हजार ५ सय ५१ जनाकाे मृत्यु

काेराेनाका कारण विश्वमा १ लाख ४५ हजार ५ सय ५१ जनाकाे मृत्यु

काठमाडाै, ५ बैशाख । काेराेना भाइरसका कारण विश्वमा १ लाख ४५ हजार ५ सय ५१ जनाकाे मृत्यु भइसकेकाे छ । संक्रमित संख्या २१ लाख ८२ हजार ८ सय २३ पुगिसकेकाे छ ।

महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस फैलिन सुरू भएकाे ३ महिना बढि भइसकेकाे छ । हाससम्म विश्वका २ सय भन्दा बढी देशहरूमा यसकाे संक्रमण देखिएकाे छ ।

कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा ३४ हजार ६ सय १७ जनाको मृत्यु भएको छ । काेराेना संक्रमित संख्या ६ लाख ७७ हजार ५ सय ७० जना पुगेकाे छ । अमेरिका कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो ।

न्यूयोर्कमा मात्रै मृतकको संख्या ११ हजार ४ सय ७७ छ । पछिल्लाे २४ घण्टाकाे तथ्याङ्कलाइ हेर्ने हाे भने २९ हजार ५ सय ६७ जना नयाँ काराेना संक्रमित भेटिएकाे हाे । हाल अमेरिका सबैभन्दा उच्च जाेखिमकाे सुचीमा रहेकाे छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर