चुलाचुली ५ का अधिकाङ्स सडकहरुमा ग्राभेल

चुलाचुली ५ का अधिकाङ्स सडकहरुमा ग्राभेल

३ बैशाख, चुलाचुली/ इलाम । चुलाचुली गाउँपालिका वडा नं. ५ का अधिकाङ्स सडकहरु ग्राभेल गरिएको छ । वडाका मुख्य मार्ग तथा भित्रि टोलका बाटाहरुमा ग्राभेल गरिएको हो । स्थानियको माग अनुसार सडक, मार्ग तथा बाटाहरुलाई थप ब्यवस्थित गर्न ग्राभेल गरिएको वडा नं. ५ का वडाध्यक्ष चन्द्रकुमार थापाले जानकारी दिनुभयो ।

चालू आ.व. को कार्तिक महिना वडा नं. ५ को माथील्लो टोल बरबोटे जाने सडकमा ग्राभेल गरिएको छ । स्थानिय उपोभोक्ता समितीको सक्रियतामा करिव ३ सय मिटर ग्राभेल गरिएको बताईएको छ । वडा कार्यबाट विनियोजित करिव रू १ लाख रुपैँयाको लागतमा सो कार्य सम्पन्न गरिएको हो ।

यस्तैगरी चालू अर्थिक बर्ष २०७६÷७७ को कार्तिक महिना यता वडा नं. ५ को विभुतेश्वर मन्दिर देखी शिखरकटेरी भण्डारी टोलसम्म जाने बाटोमा पनि ग्राभेल गरिएको छ । वडाकार्यलयबाट विनियोजित करिव रू ३ लाख रुपैँयाको लागतमा स्थानिय उपोभोक्ता समितीको सक्रियतामा नै सो कार्य सम्पन्न गरिएको वडाध्यक्ष चन्द्रकुमार थापाले जानकारी दिनुभयो ।

यसरी नै चुलाचुली वडा नं. ५ को वल्लो छेउ वुकुवा मास्तिरको सिद्ध देवी पोखरी देखी आपझोलाको धिमालटार जोड्ने बाटामा पनि ग्राभेल गरिएको छ । स्थानियको सहजताका लागि बनाईएको बाटोमा स्थानिय उपोभोक्ता समितीकै सक्रियतामा सो ग्राभेल गर्ने कार्य सम्पन्न गरिएको हो । वडा नं. ५ कार्यलयबाट विनियोजित रू १ लाख ५० हजार रुपैँयाको लागतमा करिव ३ सय २५ मिटर सडक ग्रोभल गरिएको वडाध्यक्ष थापाले जनाउनुभयो ।

यसकासाथै आपझोला स्थित शिवपंञ्चायन मन्दिर देखी धिमालटार सम्म जाने बाटामा पनि ग्राभेल गरिएको छ । धिमालटार साथै आपझोला टोलको माथिल्लो भेगसम्म जाने मुख्य बाटाको रुपमा रहेको यस वाटामा वडा कार्यलयको करिव रू १ लाख रुपैँयाको लागतमा ४ सय मिटर सडक ग्राभेल गरिएको हो ।

यता वडा नं. ५ को वुकुवा पुच्छर वस्तिका सडकहरुमा पनि ग्राभेल गरिएको छ । जसअन्तर्गत गौतम टोल देखी रतुवा खोलामा बनेको झोलुङ्गे पुल जोड्ने बाटामा वडा कार्यलयको करिव रू १ लाख ५० हजार रुपैँयाको लागतमा ग्राभेल गरिएको हो । स्थानिय उपोभोक्ता समितीको सक्रियतामा करिव ५ सय मिटर सडक ग्राभेल गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।

यस्तैगरी चालू आर्थिक बर्षको मंसिर महिना यता सोमथानको घरबाट विधुवा खोला सम्मको बाटामा पनि ग्रभेल गरिएको छ । वडा कार्यलयको करिव रू १ लाख रुपैँयाको लागतमा ४ सय मिटर सडक ग्राभेल गरिएको बताइएको छ ।

यता वुकुवा देखी दाहाल डाँडाँ जोड्ने बाटामा कल्भर्ट निर्माण सुरु हुन लागेको छ । वडा नं. ५ को दुई टोललाई जोड्ने कल्र्भट निर्माणका लागी ठेक्का लागी सकेको र काम सुरु हुने चरणमा रहेको वडाध्यक्ष थापाले जनाउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर