दमकमा सरसफाई सम्वन्धी प्रतिवद्धता–पत्र २०७६ जारी

दमकमा सरसफाई सम्वन्धी प्रतिवद्धता–पत्र २०७६ जारी

७ चैत्र, । “हरित नगर समृद्ध दमक, स्वाच्छ वातावरण स्वास्थ्य जिवन” भन्ने मुल नारा सहित झापाको दमक नगरपालिकामा सरसफाई अभियान सम्वन्धी प्रतिवद्धता–पत्र २०७६ जारी गरिएको छ ।

आज शुक्रवार नगरपालिकाको कार्यलयमा एक औपचारीक कार्यक्रमका विच नगर प्रमुख रोमनाथ ओलीले प्रतिवद्धता–पत्रमा हस्ताक्षर गर्दे सरसफाई सम्वन्धी अभियानको शुभारम्भ गुर्नभएको हो ।

प्रतिवद्धता पत्रमा आफुले उत्पन्न गरेका फोहोरलाई आफैले ब्यवस्थापन गर्नु पर्ने, सार्वजनिक स्थलहरुमा जथाभावी फोहार फाल्न नपाईने, आफु बस्ने वरीपरीको वातावरण सफा राख्नु पर्ने जस्ता वुँदाहरु उल्लेख गरिएको छ ।

नगरको वातावरणलाई सफा र नगरमा उत्पन्न हुँने फोहोरलाई व्यवस्थित रुपमा व्यवस्थापन गर्न नगरपालिकाले यो अभियान संञ्चालन गरेको वातावरण शाखाले जनाएको छ ।

सरसफाई अभियानको शुभारम्भ कार्यक्रमा दमक नगरपालिकामा कृयशिल सामाजिक संघसंस्थाहरुका प्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर