
९ फाल्गुन, इलाम। चुलाचुली गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रले वेरोजगार व्यक्तिलाई पूर्ण पारिवारीक विवरण पेश गर्न आग्रह गरेको छ । रोजगार सेवा केन्द्रमा सूचीकृत वेरोजगार व्यक्तिको पुर्ण पारिवारीक विवरण कार्यलयमा नआएको भन्दै पेश गर्न आग्रह गरेको हो ।
रोजगार सेवा केन्द्र चुलाचुलीका संयोजक सुजित केशरीका अनुसार वेरोजगार व्यक्तिले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागि हुनकालागि आफ्नो पुर्ण पारिवारीक विवरण आउदो फाल्गुन १५ गते भित्रमा सम्वन्धित वडा कार्यलय तथा गाउँपालिकाको रोजगार सेवा केन्द्रमा बुझाई सक्नु पर्ने छ ।
सो मिति भित्रमा बेरोजगार व्यक्तिले सम्बन्धित कार्यलयमा पूर्ण पारीवारिक विवरण पेश नगरे प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी गराउन नसकिने पनि उहाँले बताउनुभयो । साथै यसअघि अपूर्ण विवरण पेश गरेका बेरोजगार व्यक्तिलाई समेत कार्यक्रममा सहभागि नगराईने संयोजक केशरीले जानकारी दिनुभयो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७