दातृ संस्थाको सहयोगमा कटौती, शरणार्थी शिविरका विद्यार्थीको विचल्ली

दातृ संस्थाको सहयोगमा कटौती, शरणार्थी शिविरका विद्यार्थीको विचल्ली

फाईल तस्विर

२५ माघ, झापा । झापा र मोरङमा रहेका शरणार्थी शिविरका विद्यालयहरु बन्द हुने क्रम शुरू भएको छ । शिविरमा रहेका विद्यालयहरु बन्द हुने क्रम शुरु भएपछि शरणार्थी विद्यार्थीका अभिभावक अप्ठ्यारोमा परेका छन् ।

नेपाली समुदायमा रहेका सरकारी विद्यालयहरुमा आफूहरु पढ्दा अपमानित हुनु परेको भन्दै शरणार्थी विद्यार्थी पढ्न रुची देखाउँदैनन् । अभिभावकहरुलाई पनि सामुदायिक विद्यालयप्रति खासै विश्वास छैन । जसका कारण शिविरका विद्यालय बन्द भएपछि निजी विद्यालयमा भर्ना गरिदिनुपर्ने अभिभावकको बाध्यता छ ।

भुटानी शरणार्थी शिविर बेलडाँगीकी सेलेनी राईले कक्षा ५ सम्म शिविरकै विद्यालयमा पढ्नुभयो । त्यसपछि शिविरको विद्यालय बन्द हुने क्रम शुरू भयो । तर त्यसपछि उहाँले सामुदायिक विद्यालयमा जानै मान्नुभएन । दाताको सहयोग बन्द भएपछि किराना पसल गरेर परिवार चलाउँदै आउनुभएका उहाँका बुवा रतन राईले छोरीलाई बोर्डिङ हालि दिनुभयो । सेलेनी अहिले निजी विद्यालयमा कक्षा ८ मा पढ्दैहुनुहुन्छ । शिविरकै सुशील राईले भने ठुलो कक्षमा पुगेपछि विद्यालय परिवर्तन गर्नुभन्दा छोरा स्टिभनलाई सानैदेखि निजी बोर्डिङमा हालिदिनुभयो ।
भुटानी शरणार्थीहरुको रेखदेख तथा व्यवस्थापनमा संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयमार्फत दाताहरुले सहयोग उपलव्ध गराउँदै आएका थिए । तर १ लाख १३ हजार भुटानी शरणार्थीलाई विभिन्न देशमा पुनर्स्थापना गरेर पठाएपछि क्रमश उनीहरुले सहयोग कटौती गर्दै लगे । चार वर्ष अघिदेखि शिविरका विद्यालय क्रमश बन्द हुन थालेका छन् । यसरी शिविरका विद्यालयहरु धमाधम बन्द हुँदा तेस्रो देश पुर्नवासमा नजाने भुटानी शरणार्थीहरुलाई निकै समस्या भएको छ ।

फाईल तस्विर

प्रतिक्रिया:

सम्बन्धित खवर