समाचार
एमाले अधिवेशन- माईमा मुखराज, फाकफोकथुममा अर्जुन
१३ कार्तिक, माई . नेकपा (एमाले) फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा अर्जुनकुमार लिम्बू निर्वाचित भएका छन् । गाउँपालिका कमिटीको दोस्रो अधिवेशनले उपाध्यक्षमा टेकबहादुर खपांगी, सचिवमा ओमप्रसाद खनाल र उपसचिवद्वयमा होमकुमार लायोमगर र कविता राईलाई चयन गरेको छ । पार्टी गाउँ कमिटीका निवर्तमान अध्यक्ष नवीन मगरको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन एमाले केन्द्रीय सदस्य रामबहादुर रानामगरले गरेका थिए । यस्तै, माई नगरपालिकाको एमाले अध्यक्षमा मुखराज आङ्देम्बे चयन भएका छन् । उपाध्यक्षमा राजकुमार गड्तौला, उपसचिवमा..
रवि विरुद्ध ओलीको टिप्पणी- खाने बेलामा आँखा नदेख्ने, अरुलाई गाली गर्ने ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तिखो टिप्पणी गरेका छन् । आज एक कार्यक्रममा बोल्दै उनी विपक्षी दुई दल नेकपा माओवादी केन्द्र र रास्वपामाथि खनिएका थिए । राष्ट्रिय सुरक्षा तथा विकासमा भूपू सुरक्षाकर्मीहरुको भूमिका विषयक विचार गोष्ठीमा ओलीले राजनीतिक प्रचण्ड र लामिछानेलाई निशाना बनाए । ओलीको भाषणका केही अंशः अहिले अराजकता फैलाउने प्रयास बेस्सरी भएको छ । अदालतअगाडि गएर उफ्रिएको छ,..
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत
काठमाडौं । केपी ओली नेतृत्वको सत्ता गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा भइरहेको आन्दोलनलाई लिएर असहमति प्रकट गरेको छ । आज बसेको सत्तारुढ दलहरूको बैठकले प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावित गर्न खोजिएको भन्दै असहमति जनाएको हो । बैठकपछि जारी ६ बुँदे साझा विज्ञप्तिको चौंथो बुँदामा यो विषय समेटिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तयार पारेको सर्वसम्मत प्रतिवेदनका आधारमा अनुसन्धान..
आन्दोलन जारी राख्ने रास्वपाको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । शुक्रबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो । बैठक शनिबार पनि बस्ने गरी स्थगित भएको नेता मनिष झाले जानकारी दिए । आन्दोलनको कार्यक्रमको स्वरूपबारे विवरण शनिबार सार्वजनिक गरिने उनले बताए । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि शुक्रबार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको थियो ।
अभियुक्त पक्राउन नपरेसम्म शव नउठाउने परिवारको अडान
९ कार्तिक, झापा । झापाको दमक ३ स्थित बेलडाँगी–मधुमल्ला सडक खण्ड अन्तर्गत मावा खोला किनारमा मंगलबार हत्या गरिएका देशु भनिने यमु निरौलाको शव उठाउन परिवारले इन्कार गरेका छन् । अहिले मृतक निरौलाको शव दमक अस्पतालको शव गृहमा राखिएको छ । पीडित परिवारले मुख्य अभियुक्तलाई समाएर कानुनी दायरामा नल्याएसम्म शव नउठाउने मृतकका दाजु नवराज निरौलाले बताए । बुधबार इप्रका दमकमा दिएको किटानी जाहेरीमा दमक–८ का बुद्धि थापा, दमक–३ का शेरबहादुर नेम्वाङ,..
बक्यौता नतिर्ने उद्योगको बारेमा माथिबाट निर्देशन नआएपछि लाईन काटियोः कुलमान घिसिङ
९ कार्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तीन महिनासम्म पनि विद्युतको बक्यौता नतिरेपछि र माथिल्लो निकायबाट लिखित निर्देशनपनि नआएपछि आफूहरुले बक्यौता नतिर्ने उद्योगको लाईन काटेको स्पष्ट पारेका छन्। आज विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा घिसिङले भने,‘हामीलाई लिखितमा कतैबाट निर्देशन आएको छैन् । प्रधानमन्त्रीज्यूले पनि निर्देशन दिनुभएको छैन् ।’ विद्युतको महशुस उठाउनुपर्छ भनेर सबैले भनिराखेको उनले सुनाए । उनले आफूहरुले पटक पटक विद्युत महशुस उठाउनको लागि ताकेता..
रवि र छविलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
कास्की । कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने, जोशी र सोही प्रकरणमा पक्राउ परेकी लिला पछाईलाई आजैदेखि लागु हुने गरी थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । बिहीबार जिल्ला..
गुडीरहेको गाडीमा आगजनी गर्ने ९ जना जेलचलान
८ कार्तिक, झापा । झापाको विर्तामोडमा ट्रकमा आगो लगाएर चालकको हत्या गरेको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका ९ जना जेल चलान भएका छन् । कर्तव्य ज्यान मुद्दामा उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । बयानका लागि झापा जिल्ला अदालत उपस्थित गराइएका उनीहरूलाई अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताउनुभयो । ज्यान मुद्दामा कारागार चलान हुनेहरूमा हल्दिबारी –१ स्थायी ठेगाना..
तीन बुँदे सहमतिपछि लयमा फर्कियो केरखा
बिर्तामोड । बसको ठक्करबाट दुई जनाको घटनास्थलमै ज्यान गएपछि तनावपूर्ण बनेको केरखाको वातावरण आज विहानबाट लयमा फर्किएको छ । हिजो साँझबाट तनावपूर्ण बनेको केरखा विहानसम्म अशान्त थियो । मृतकको परिवार र प्रशासनबीच तीन बुँदे सहमति भएसँगै केरखा क्षेत्रका आक्रोसित भीड हटेको छ । दुई जनाको ज्यान गएपछि आक्रोसित सो क्षेत्रको बजार खुलेको छ भने पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन खुला गरिएको छ । बसको ठक्करबाट कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर..
कोशीको स्वास्थ्य मन्त्रालयको जिम्मा भौतिक पूर्वाधारमन्त्री राईलाई
८ कात्तिक, विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूसँग भएको स्वास्थ्य मन्त्रालयको जिम्मा भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईलाई दिएका छन् । बिहीबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका राईलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् । कोशीमा ८ मन्त्री र २ राज्यमन्त्री गरी १० सदस्यीय मन्त्रिपरिषद छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७