संसदमा हाहाहुँहुँ गरेकै भरमा केही व्यक्तिहरू मन्त्री बनेः केपी ओली

२४ वैशाख, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को अङ्कगणितको कारणले अहिले हाहाहुँहुँ गरेकै भरमा केही व्यक्तिहरू मन्त्री बन्न सक्ने बताएका छन् । वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै पुरानो त्यागको अवमूल्यन मात्रै होइन नभई त्यसलाई अपमान गर्ने प्रवृत्ति बढेको बताए । उनले भने– अहिले हाहाहुँहुँ गरेको भरमा जनप्रतिनिधि भइरहेका छन्, हाहाहुँहुँ भएकै भरमा मन्त्री पनि भइएकै छन्। बहुमत कसैको छैन । यसलाई मिलाऊ कि..

कृषि वस्तु आफै उत्पादन गरी नगरबासीको माग धान्ने कनकाई नगरको लक्ष्य

१७ बैशाख, झापा । झापाको कनकाई नगरपालिकाले कृषि उत्पादन, बजारीकरण र पराम्परागत कृषि वस्तुको उत्पादनलाई विशेष प्राथमिकता दिइरहेको छ । बाहिरबाट आयात हुने कृषि वस्तु आफै उत्पादन गरेर नगरबासीको माग धान्ने योजना कनकाईको छ । बाहिरबाट आयात हुने कृषि वस्तु प्रतिस्थापन गर्दै जाने र अर्गानिक उत्पादनलाई जोड दिने कनकाई नगरपालिकाको लक्ष्य रहेको कृषि शाखा प्रमुख यदु उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार ३÷४ वर्ष यता कनकाईको कृषि क्षेत्रले विषादि रहित..

५ वर्षीय छोराको हत्या आरोपमा आामा पक्राउ

१४ बैशाख । सिरहामा आफ्नै ५ वर्षीय छोराको हत्या गरी शव लुकाएको आरोपमा आमा ३४ वर्षीय सरीताकुमारी साह पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सखुवानन्कारकट्टी गाउँपालिका ५ घर भई हाल लहान नगरपालिका १ मा बस्ने साहले ५ वर्षीय छोरा आयुष साहको हत्या गरेर उनले सुत्ने पलंगमा लुकाएकी थिइन् । गत वैशाख ११ गते दिउँसो साढे ५ बजे स्थानीयले बालक बेपत्ता भएको प्रहरीलाई खबर गरेका थिए । प्रहरी..

इसाई धर्मावलम्बीहरुले बिर्तामोडमा मनाए धुमधामका साथ ‘रजत महोत्सव’

१४ बैशाख । झापाका इसाई धर्मावलम्बीहरुले मंगलबार बिर्तामोडमा रजत महोत्सव धुमधामका साथ मनाएका छन् । इसाईहरु धर्मावलम्बीहरुले आफ्नो हक, अधिकार र स्वतन्त्रताका लागि स्थापना गरिएको संस्था इसाई समाज जिल्ला समिति २५ वर्ष पुगेको अवसरमा रजत महोत्सव मनाइएको हो । बिर्तामोडस्थित सिटी सेन्ट्ररमा इसाई समाज जिल्ला कार्यसमिति झापाले विभिद कार्यक्रमहरुसहित रजत महोत्सव मनाएको हो । सो अवसरमा संस्था स्थापनाकालदेखि हालसम्मका नेतृत्वदायी भूमिकामा महत्वपूर्ण भूमिका र योगदान गर्नुहुने पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो..

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

१४ बैशाख, झापा । बिहिवार राति झापाको मेचीनगर नगरपालिका वडा नं.१२ स्थित देउनिया पुलमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ । मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका २ बस्ने ४० वर्षीय ज्ञानेन्द्रराज कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । राति ८ः३५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं. १२ देउनिया पुलस्थित लोकमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे११प १६०९ नं. को मोटरसाईकल आफै अनियन्त्रित..

भद्रपुर नगरपालिकाको पहलमा विदेशमा अलपत्र परेका सात जनाको सकुशल उद्धार

१३ बैशाख, झापा । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले भद्रपुर नगरपालिकाको पहलमा विदेशमा अलपत्र परेका सात जनाको सकुशल उद्धार गरी स्वदेश फर्काएको छ । स्वदेश फर्किएका उनीहरूलाई सामीले औषधी उपचार सहायता प्रदान गरेको हो । पहिलो घटना- वैदेशिक रोजगारीका लागि रोमानिया गएको भद्रपुर ८ स्थित फूलबारी टोल निवासी २६ वर्षीय विकाश तिम्सिना उद्धार गरिएको छ । २०८० कार्तिक ३० गते करिब राती १० बजेको समयमा विकाशलाई ६–७ जना नेपाली युवाहरूले बाटोमा..

कनकाई स्थित सुरुङ्गा पुलमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

१३ बैशाख, झापा । झापाको कनकाई नगरपालिका वडा नम्बर ३ स्थित सुरुङ्गा पुलमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । बुधवार राति ८ बजेको समयमा सुरुङ्गा पुलमा बिर्तामोडबाट झिलझिलेतर्फ जादै गरेको रा १ प ६३०० नम्बरको १२५ सीसीको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक झापा बिर्तामोड नगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षीय तेजमणि खरेलको मृत्यु भएको हो । गम्भीर घाइते भई बीएण्डसी अस्पताल..

महोत्तरीको मठिहानीमा भीषण आगलागी

१२ वैशाख । महोत्तरीको मठिहानी नगरपालिका– ६ मा भीषण आगलागी भएको छ । मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ । त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ । आगो नियन्त्रणको प्रयास भइरहेको महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले बताए ।

भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार १७ वर्षपछि पक्राउ

१२ बैशाख । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । विसं २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० बर्षिय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो । प्रतिवादी तामाङविरुद्ध जिल्ला अदालत भोजपुरबाट २०८० भदौ महिनामा पक्राउ पुर्जी जारी भएको थियो । खोजी गर्ने क्रममा २०८१ वैशाख ११ गते पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सुदीपराज पाठकले जानकारी..

धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै अर्जुनधाराको जलेश्वरधाम

१२ बैशाख । पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित श्री अर्जुनधारा जलेश्वरधाम धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । सरकारले उत्कृष्ट सयवटा पर्यटकीय गन्तव्यको सूचीमा अर्जुनधारा जलेश्वरधामलाई समावेश गरेपछि यसको धार्मिक तथा पर्यटकीय महत्व झनै चुलिएको छ । जलेश्वरधामका मूल गुरु अग्निप्रसाद सिग्देलका अनुसार यस धाममा दैनिक दुईदेखि तीन हजार भक्तजन आउने गरेका छन् । महाभारतकालीन इतिहास बोकेको जलेश्वरधामको आधुनिक संरचना विसं २०२३ बाट बनाउन सुरु..