सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ३० वटा ढोका खुला

सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ३० वटा ढोका खुला


१९ असार, सुनसरी । अविरल वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । कोसी ब्यारेजमा आज बिहान १०ः१५ बजे २ लाख ३१ हजार ६ सय ५५ क्युसेक पानीको बहाव मापन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

निरन्तर वर्षा भइरहेको हरेक घण्टैपिच्छे पानीको बहाव बढेसँगै कोसी ब्यारेजमा ३० वटा ढोका खोलिएको छ ।

पानीको बहाव बढ्ने क्रम निरन्तर भएकोले गर्दा आवश्यकता अनुसार थप ढोका खोल्न सकिने सुनसरी प्रशासनले जानकारी दिएको छ । पानीको बहाव उच्च भएपछि सप्तकोसी ब्यारेजमा खतराको सङ्केत स्वरूप रातो बत्ती बालिएको छ । निरन्तर वर्षा भइरहेकोले कोसीका सहायक नदीमा समेत पानीको बहाव बढेको छ ।
भोक्राहा नरसिंह गाउँपालिका समेत सुनसरी खोलाको बाढीले १४ घर परिवार डुबानमा परेको र ४ घर परिवार विस्थापित भएकाले उनीहरूलाई स्थानीय सामुदायिक भवनमा राखिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।

स्थानीय प्रहरीलाई सम्पुर्ण पालिकाका वङा अध्यक्षहरुसँग सम्पर्कमा रहन निर्देशन दिएको ढकालले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय सुनसरीले वर्षाले आइपर्ने बाढी, पहिरो विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।

विपद् व्यवस्थापनका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तयारी अवस्थामा रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर