दमक नगरपालिकाको सञ्चारमैत्री बजेटः पत्रकारलाई बिमा देखी अवलोकन भ्रमणसम्म

दमक नगरपालिकाको सञ्चारमैत्री बजेटः पत्रकारलाई बिमा देखी अवलोकन भ्रमणसम्म


१२ असार, झापा । दमक नगरपालिकाले नगर क्षेत्रमा कार्यरत पत्रकारहरुको स्वास्थ्य बिमा गरिदिने भएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै नगरपालिका क्षेत्रमा स्थापना भइ संचालनमा रहेका संञ्चार माध्यममा कार्यरत पत्रकारहरुको स्वास्थ्य बिमा गरिदिने उल्लेख गरेको हो ।

यसैगरी पत्रकारिता प्रवद्र्धनका लागि दमकमा ‘पत्रकारिता अध्ययन अनुसन्धान केन्द्र’ स्थापना गर्नेदेखि सञ्चारमाध्यमलाई मासिक रुपमै आर्थिक सहयोग गर्ने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

साथै खोजमुलक पत्रकारिता प्रवद्र्धनका लागि तालिम, अवलोकन भ्रमण जस्ता प्याकेज अब दमकमा कार्यरत पत्रकारले पाउने छन् । ‘व्यवसायिक पत्रकारिताको विकास र प्रवद्र्धनका लागि पत्रकारको क्षमता विकास र भौतिक पूर्वाधारको निमार्ण दुवैमा नगरपालिकाको साथ रहने दमक नगरपालिकाका उपप्रमुख अधिकारीले बताउनुभयो ।

नगरपालिकाबाट संञ्चालन भएका काम, नगरपालिकासँग सम्बन्धित आफूलाई चाहिएको जानकारी लिन नगरपालिकाले ‘जनतासँग सरकार’ भन्ने एप्स समेत सञ्चालनमा ल्याएको छ । सो एप्सलाई थप प्रभावकारी बनाइने नगरपालिकाले जनाएकोछ ।

यस्तै नगरपालिकाले नगरका सञ्चार माध्यमलाई सशक्त बनाउन समानुपातिक विज्ञान नीति अंगाल्ने भएको छ । ‘यसका लागि नगरपालिकाले तत्कालै सुचना तथा विज्ञापन सम्बन्धी नीति बनाउने छ’ उपप्रमुख अधिकारीले भन्नुभयो । दमकका पत्रकारहरुको साझा संस्था पत्रकार मंञ्च दमकलाई भवन बनाउन जग्गा र बजेटको व्यवस्था गरिने प्रतिवद्धता पनि नीति कार्यक्रममा छ ।

नगरपालिकाले ज्येष्ठ नागरिकका अनुभवलाई अभिलेखिकरण गर्ने अभ्यास समेत सुरु गर्ने र यसमा स्थानीय सञ्चारकर्मीहरुको भुमिका महत्वपुर्ण हुने जनाएको छ । यसलाई ‘अन्तर पुस्ता सञ्चार’ नाम दिइएको उपप्रमुख गिता अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर