
३ असार, इलाम । नेपाली कांग्रेस युवा नेता एबम समाजसेबी डम्बर खड्काले चुलाचुली गाँउपालीकामा निशुल्क एम्बुलेन्स सेवा सन्चालन गर्नुभएको छ । कोभिड १९ संक्रमित बढीरहेको समयमा बिरामीलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्स अभाव रहेकाले उहाँले यो सेवा सन्चालनमा ल्याउनुभएको हो ।
खड्काले चुलाचुलिमा एम्बुलेन्स आवश्यकता रहेको खबर पाएसँगै नेपाली कांग्रेस चुलाचुली गाँउपालिका कार्यसमितिको मातहतमा रहने गरी ना १ ज ६५६९ नम्बरको बोलेरो गाडी विरामी बोक्ने प्रयोजनका लागि प्रदान गर्नुभएको हो । उहाँले नागरिकको स्वास्थ्य उपचारमा सहज होस् भनेर आफुले निशुल्क एम्बुलेन्स सेवाका लागि गाडी उपलबध गरेको बताउनुभयो ।
बुधबार एक कार्यक्रमका बिच खड्काले चुलाचुली गाउँपालिकाको कांग्रेस पार्टी कार्यलयमा बोलेरो गाडीसंगै २ थान अक्सिमिटर, पिपि सेट ४ थान, सेनिटाईजर १० बोतल, माक्स २ हजार थान लगायतका स्वास्थ्य सामाग्री प्रदान गर्नुभयो ।
आजबाट नै उक्त गाडीले बिरामीहरूलाई निशुल्क सेवा प्रदान गर्ने नेपाली कांग्रेस चुलाचुली गाँउपालिका उपसभापति नरेन्द्रकुमार वान्तवाले जानकारी दिनुभयो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७