
३१ जेष्ठ, झापा । लगातारको झरीका कारण झापाका किसानलाई चैते धान थन्क्याउन समस्या भएको छ । उत्पादित धान सुक्न नपाउदा उचित मूल्य पनि पाउन सकेको छैन ।
चिस्यानको मात्रा धेरै रहने चैते धान सुकाउने प्रविधि (ड्रायर) उपलब्ध नहुँदा बिचौलियाले जति मूल्य तय गर्छन् त्यसैमा धान बेच्न किसान बाध्य हुने गरेका छन् । दुई साताअघिसम्म प्रतिमन आठ सय रुपियाँमा बिक्री भएको धानको मूल्य अहिले किसानले छ सय रुपियाँभन्दा कम पाइरहेका छन् ।
धान बिक्री भए पनि कम मूल्य मात्र पाएको किसानको गुनासो छ । बजारमा गएर गाई–भैँसीलाई खुवाउने भुस किन्दा प्रतिमन पाँच सय रुपियाँदेखि ५५० रुपियासम्म पर्छ तर धानको मूल्य भने छ सय रुपियाँ पनि छैन । यो किसानहरूको साझा गुनासो रहेको उनिहरु बताउँन् ।
जिल्लामा धान खेतीका लागि किसानलाई अग्रसर गराउन र उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत धान सुपरजोन कार्यक्रम लागू भएको छ । यसले धान उत्पादनका लागि आवश्यक प्रविधिदेखि लिएर प्राविधिक सहयोगसम्म गर्दै आएको छ । निकै उत्साहसाथ धान खेती गरिरहेका किसान मूल्य नपाउँदा भने चिन्तित छन् ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७