
२४ जेष्ठ, इलाम । जिल्ला युवा समिति इलामको विशेष समन्वयमा कोरोना महामारीका कारण जारी निषेधाज्ञाले समस्यामा परेका विपन्न परिवारहरुलाई आज खाद्यन्न वितरण गरिएको छ । जिल्ला युवा समितिको समन्वयमा र गैर सरकारी संस्था महासंघ, करूणा फाउण्डेशन, मानव अधिकार मञ्च र अनेरास्ववियु ईलामको सहजिकरणमा इलाम नगरपालिकाका गरिब, विपन्न तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आज घर–घरमै पुगेर खाद्यन्न वितरण गरिएको हो ।
हाल अध्ययनको सिलसिलामा विदेशमा रहेका इलामेली विद्यार्थीहरु रोशन के.सी, वर्षा शर्मा, निरोज निरौला, दिपक श्रेष्ठ, सुरेन्द्र कार्की, निरज दाहाल, रोशन घिमिरेले राहत वितरणका लागि आर्थिक सहयोग गरेको अनेरास्ववियु नेता खेमसागर खनालले बताउनुभयो । निषेधाज्ञाका कारण रोजगारीमा जान नपाएपछि खाद्य अभाबमा रहेका गरिब तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्नका निम्ति जिल्ला युवा समितिले विदेशमा रहेका इलामेली विद्यार्थीहरुलाई अनुरोध गरेको थियो ।
आज इलाम नगरपालिकाका १५ घर परिवारलाई ३० के.जी. चामल, २ लिटर तेल, २ के.जि. दाल, २ के.जि. नुन, लुगा धुने साबुन ३ वटा, लाईफबोई साबुन २ वटा, सेनिटाईजर २ वटा, दुई दर्जन मास्क उपलबध गराईएको जिल्ला युवा समिति इलामका अध्यक्ष प्रकाश घिमिरेले बताउनुभयो ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७