स्ववियु निर्वाचन अन्योलमा, विद्यार्थी चिन्तित

स्ववियु निर्वाचन अन्योलमा, विद्यार्थी चिन्तित

फाईल तस्विर

१९ माघ/झापा । अहिले त्रिभुवन विश्वविद्यालय र यसका आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको बिषयले विद्यार्थीलाई त्यसतर्फ केन्द्रित गरेको छ । तर विद्यार्थी आन्दोलनको एक उपलब्धिको रुपमा हेरीएको स्ववियु निर्वाचन विद्यार्थी संगठनकै अन्तरीक विवादका कारण हुने की नहुने भन्ने विषमा विद्यार्थीहरु आलमलमा परेका छन् । त्रिभुवन विश्वविद्यालयले केही महिना अघि नै आफ्ना आंगिक क्याम्पसहरुलाई पत्र पठाएर आउदो फाल्गुन १४ को मितीलाई केन्द्रित गरेर स्ववियु निर्वाचनको तयारीमा लाग्न आग्रह गरिसकेको छ । तर देशमा केही ठूला विद्यार्थी संगठनको केन्द्रमा भएको विवादका कारण स्ववियु निर्वाचन हुने की नहुने भन्ने विषयमा अन्योलता छाएको छ ।

केहि दिन अघि मात्रै त्रिभुव विश्वविद्यालयले विद्यार्थी संगठनहरुलाई वोलाएर स्ववियु निर्वाचनको कार्यतालिका प्रस्ताव गरिसकेको छ । आउदो फाल्गुन १४ गतेलाई नै निर्वाचनको मिती तोकेर विश्वविद्यालयले सो प्रस्ताव गरेको थियो । सो छलफलमा अनेरास्ववियू, समाजवादी विद्यार्थी संगठन, राप्रवि, अखिल छैठौँ लगायतका विद्यार्थी संगठनहरु सहभागि भएतापनि प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ सहभागी भएन ।

नेपाली कांग्रेस भित्रको आन्तरीक गुटबन्दिका कारण रुमल्लिएको नेपाल विद्यार्थी संघलाई नयाँ नेतृत्व चयन गर्न हम्मे हम्मे परेको थियो । जसोतसो संघले अहिले नेतृत्व चयन गरेको छ । विद्यार्थी नेताको जिम्मेवारी बाडफडको कुरा नमिल्दा पार्टी कार्यलय सानेपामा नेपाल विद्यार्थी संघ पटक–पटक आपसमा भिडी सकेको छ । सोही कारणले गर्दा पनि त्रिविले डाकेको छलफलमा नेपाल विद्यार्थी संघको सहभागिता नरहेको स्रोतको दावि छ । तर सो छलफल कार्यक्रममा नेपाल विद्यार्थी संघले चिठी मार्फत स्ववियुको निर्वाचन गराउन आफूहरु सकारात्मक रहेको भन्दै चाडै आफ्नो संगठनबाट सहभागीता जनाउने कुरो बताएको थियोे । त्यसयता केही दिन अघि मात्रै नेपाल विद्यार्थी संघले नयाँ तदर्थ केन्द्रिय कार्यसमिती निर्माण गरेको छ । यसले हद सम्म स्ववियु निर्वाचन गराउन नेपाल विद्यार्थी संघ सकारात्मक रहेको संकेत गर्छ ।

यता केही दिन अगाडी मात्रै एकता प्रकृया टुङ्ग्याएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले कुनै पनि हालतमा यसपाली स्ववियु निर्वाचन रोकिन नहुने बताउदै आएको छ । अघिल्लो पटकको निर्वाचित स्ववियु पदाधीकारीहरुको कार्यकाल पोहोर नै सकिएर पनि ६÷६ महिना गरेर २ पटक म्याद थप गरिएकाले विधानत अव म्याद थप्न नमिल्ने भन्दै कुनै पनि हालतमा स्ववियुको निर्वाचन हुनु पर्ने अनेरास्ववियूको माग छ । अनेरास्ववियूका नेताहरुले आफ्नो सामाजिक संञ्जाल मार्फत आउदो फाल्गुन १४ मा नै स्ववियुको निर्वाचन हुनु पर्ने धारणा राख्दै आएका छन् ।

स्ववियु निर्वाचनको टुङ्गो नहुदा विद्यार्थीहरु भने चिन्ति बनेका छन् । विद्यार्थी आन्दोलनको महत्वपुर्ण उपलव्धिको रुपमा लिईने स्ववियु निर्वाचन समयमै नहुँदा उनिहरु निराश बनेका हुन् । ‘क्याम्पसका हरेक निर्णयहरु विद्यार्थी मैत्री बनाउन र क्याम्पसका गतिविधीहरुमा विद्यार्थीको प्रतिनिधित्व गराउन स्ववियुको निर्वाचन मार्फत आफैले चुनेको नेतृत्व हुनु पर्छ’ दमक बहुमुखी क्याम्पमा स्नातक दोस्रो बर्षमा अध्यनरत विद्यार्थी विहानी राई भन्छिन् । ‘तर समयमा निर्वाचन हुदैँन, कसरी हामीले हाम्रो प्रतिनिधी चुन्ने ?’

प्रतिक्रिया:

सम्बन्धित खवर