लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा

लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा


१६ जेष्ठ, काठमाण्डौँ । भोली जेष्ठ १७ गते हुने लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । उपनिर्वाचनका लागि दलहरूले आ–आफ्नो रणनीति बनाइसकेका छन् । एमालेतर्फ चन्द्रबहादुर खड्का र नेपाली काँग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनका तर्फबाट दीर्घनारायण पाण्डे मैदानमा हुनुहुन्छ ।

पाण्डे एमाले प्रदेशसभा सांसद पदबाट राजीनामा दिएर काँग्रेसबाट राष्ट्रियसभामा उम्मेदवार बन्नुभएको हो । यस्तै नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका कारण माओवादीले गरेको कारबाहीपछि राष्ट्रियसभा सदस्य पद गुमाएका खड्कालाई एमालेले उम्मेदवार बनाएको हो ।

प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेशले दुवै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिसकेको छ । पाण्डेलाई रुख र खड्कालाई सूर्य चिन्ह प्रदान गरिएको छ । लुम्बिनीमा प्रदेशसभा सदस्य ७९ र स्थानीय तहका प्रमुख–उपप्रमुख २१७ जना गरी राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा २९६ मतदाता छन् ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर