१५ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री विष्णु पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिईने घोषणा गर्नुभएको छ ।
त्यस्ता ऋणको ब्याजदर अधिकतम ५ प्रतिशत तोकिएको छ ।
साथै, ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि मात्र उपलब्ध गराइनेपनि उहाँले स्पष्ट पार्नुभएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत उहाँले यस्तो बताउनुभएको हो ।