चीनले नेपाललाई १० लाख डोज खोप प्रदान गर्ने

चीनले नेपाललाई १० लाख डोज खोप प्रदान गर्ने


१३ जेष्ठ, काठमाण्डौँ । कोरोना भाइरसको बढ्दो संक्रमण रोक्न चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको खोपको १० लाख डोज सहयोग प्रदान गर्ने भएको छ । चिनियाँ राष्ट्रपति सी चिङफिङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन मार्फत कुरा गर्नुहुँदै नेपाललाई कोरोना सङ्क्रमणको दोस्रो लहर विरुद्ध लड्न १० लाख खोप प्रदान गर्ने घोषणा गर्नुभएको नेपालका लागी चीनका राजदूत हाउ याङ्छीले एक ट्विट मार्फत जानकारी दिनुभयो ।

चीनले यसअघि नै चिनियाँ कम्पनी सिनो फार्मले निर्माण गरेको भेरोसेल खोपको ८ लाख मात्रा नेपाललाई प्रदान गरिसकेको छ ।

कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर रोक्न चीनले नेपाललाई भेन्टिलेटर, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग स्वरूप प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर