जथाभाबी नदीको उत्खननले ट्युववेलमा पानी आउन छाड्यो

जथाभाबी नदीको उत्खननले ट्युववेलमा पानी आउन छाड्यो

८ जेष्ठ, झापा । जथाभाबी नदीजन्य पदार्थको उत्खननले झापाको मेचीनगर नगरपालिका–३ मा पिउने पानीको हाहाकार मच्चिएको छ । वडा नम्बर–३ स्थित बडाखाल र महल्यागाउँका करिब २ सय घरमा रहेको ट्युववेलमा पानी आउन छाडिसकेको स्थानीयले बताएका छन् । निर्माण व्यवसायीहरुले पश्चिमी भागबाट बग्ने निन्दा खोला मनपरि रुपमा उत्खनन् गर्दा नदी गहिरिएर पानी सुकेको स्थानीयले बताएका छन् ।

नगरपालिका संगको ठेक्का सम्झैता अनुसार एक मिटर मात्रै उत्खनन् गर्नुपर्ने ठाउँमा साढे ३ मिटरसम्म नदी उत्खनन गरेकाले गाउँभरिको ट्युववेल सुकेको उनीहरू बताउँछन् । विवाह गरेर गाउँमा आउँदा ट्युववेलमा पानी आइरहेको तर अहिले भने पानी आउनै छाढडेको स्थानिय अनुपा मेचेले भन्नुभयो । साथै गाउँका अधिकांश घरको ट्युववेलमा पानी आउन छाडेको उहाँले सुनाउनुभयो ।

छेउमै रहेको खोला जथाभावी खन्दा अघिल्लो वर्षको तुलनामा यसबर्ष टोलभरिका ट्युववेलको पानी सुकेको स्थानीय मणिकुमार सुनुवारको भनाइ छ ।

यता अवैध नदीजन्य पदार्थ उत्खनन् भइरहेको विषयमा नगरपालिकालाई जानकारी गराइसकेको र समस्याको समाधान नगरपालिकाले नै गर्ने वडा नम्बर ३ का वडाध्यक्ष हर्क बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270