५ जेष्ठ, झापा । नेपाल विद्यार्थी संघ झापाका नेता विशाल सिटौलाको नेतृत्वमा फ्रन्टलाईनमा खटिने प्रहरीलाई मास्क तथा सेनिटाईजर वितरण गरिएको छ । झापाको निर्वाचन क्षेत्र न. ४ (क) मा पर्ने झिलझिले प्रहरी चौकी, शिबगन्ज प्रहरी चौकी, महाभारा प्रहरी चौकी र कुन्झिबारी प्रहरी चौकीमा पुगेर उनीहरुले प्रहरी अधिकारीहरुलाई मास्क विरण गरेका हुन् ।
विभिन्न प्रहरी कार्यलयबाट नागरीकको शुरक्षामा खटिने प्रहरी र विना मास्क बाहिर निस्कने नगरीकहरुको शुरक्षाका लागि मास्क वितरण गरिएको नेता विशाल सिटौलाले बताए । सबै गरिबीको मुखमा मास्क हुनु पर्ने पनि उनले बताए ।
यस्तै सोही अभियानमा रहेका अर्का युवा रोमन आचार्यले यस्ता सामाजिक कार्यकालागि सवै लागि पर्नु पर्ने बताए । अहिले देखिएको नयाँ भेरिएन्टको कोरोना भाईरस संक्रमण झनै खतरनाक भएकाले जो कोही पनि बाहिर निस्कदा अनिवार्य मास्क लगाएर निस्किनु पर्ने अर्का युवा सन्दिप रेग्मीले बताए ।
सो अभियानमा युवाहरु अजित, रमेस, महेस, राजकुमार, नरेस, सुरज साथै दमकका केही मोवाईल पसलहरुले सहयोग पुर्याएको भन्दै विद्यार्थी नेता सिटौलाले उनीहरुलाई धन्यवाद दिए ।