आजदेखि देशको मौसममा सामान्य सुधार आउने

आजदेखि देशको मौसममा सामान्य सुधार आउने


२५ वैशाख, काठमाण्डौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशको मौसममा सामान्य सुधार आउने बताएको छ ।

हाल देशको पहाडी भू–भागका केही स्थान तथा प्रदेश–१ को तराई भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आज दिउँसो प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

यस्तै अपराह्नतिर देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

यस्तै आज राति पनि देशका अधिकांश पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर