वार्ता-लकचता दुवै अपनाउने तर जेष्ठ २ मा फर्कनु पर्ने माधव नेपालको अडान कायमै

वार्ता-लकचता दुवै अपनाउने तर जेष्ठ २ मा फर्कनु पर्ने माधव नेपालको अडान कायमै


२४ वैशाख, काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वार्ता र लकचता दुवै अपनाउने बताउनुभएको छ । तर गत २ जेष्ठ २०७५ को पार्टी कमिटी, विधान र नेतृत्वको बटम लाइनमा भने अडिग रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

सामाजिक सञ्जालमा नेता नेपालले एकताबद्ध एमाले चाहेको पनि उल्लेख गर्नुभएको हो । ‘‘वार्ता र लकचकता दुवै अपनाउछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन’, नेता नेपालले लेनुभएको छ ।

‘२०७७ फागुन २८ गते र तत्पश्चात बसेको कथित बैठकहरु र त्यसले गरेका निर्णयहरु फिर्ता लिन पर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो’, उहाँले लेख्नुभएको छ ।

अहिले भइरहेको वार्ताबाट भ्रममा नपरी सशक्त पार्टी बनाउने अभियानमा जुट्न पनि नेता नेपालले कार्यकर्ता पंक्तिमा अपिल र्गभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर