झापाको झापा गाउँपालिका देशकै पहिलो उज्यालो पालिका घोषणा

झापाको झापा गाउँपालिका देशकै पहिलो उज्यालो पालिका घोषणा


१७ वैशाख, झापा । झापा जिल्लाको झापा गाउँपालिकालाई उज्यालो गाउँपालिका घोषणा गरिएको छ । आफ्नो क्षेत्रभित्रका सबै घर, सवै टोल र गाउँगाउँमा बिजुली बत्ती पुर्याउन सफल भए संगै झापा गाउँपालिकालाई उज्यालो पालिका घोषणा गरिएको हो ।
उज्यालो पालिका बन्ने झापा गाउँपालिका देशकै पहिलो बनेको छ । देशको कुनै पनि पालिका अहिलेसम्म उज्यालो पालिका घोषणा गर्न सफल भएको छैन ।
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरण प्रदेश १ विराटनगरका प्रमुख टेकनाथ तिवारीले वोर्डको स्वीच अन गरेर झापा गाउँपालिकाको नक्सामा विजुली वत्ती वालेर उद्घाटन गर्नुभएको थियो ।

प्रमुख अतिथि तिवारीले प्रदेश नं १ को १४ वटा जिल्लामा २४ वटा वितरण केन्द्रहरु रहेको बताउनुभयो । उहाँले ४०–५० किलोमिटर तार सम्झौता गरेको उद्योगले समयमा नदिँदा खेतीमा सिँचाइका लागि विजुली वत्ती पुर्याउन नसकेको बताउनुभयो । कृषिमा सिँचाइको लागि भविष्यमा विद्युत निशुल्क हुने सम्भावना रहेको समेत उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमका अध्यक्षता गरिरहेका गाउँपालिका अध्यक्ष शाहले नेपालमै पहिलोपटक झापा गाउँपालिकालाई उज्यालो गाउँपालिका घोषणा गर्न सफल भएको बताउँदै सवै जनप्रतिनीधिहरुको सपना साकार भएको जनाउनुभयो । अध्यक्ष शाहले अव जहाँजहाँ २ फेसलाईन छ त्यहाँ ४ फेस विजुलीको लाईन जोड्ने काम द्रुत रुपमा अगाडी वढाईने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रत्येक गाउँ टोलको खेतखेतमा बिजुली बत्ती पुर्याउनको लागि गाउँपालिका भोलिदेखि लागिपर्ने समेत उहाँले प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर