१३ माघ काठमाण्डौँ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ता विच आपसमा झडप भएको छ । सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ता र नेविसंघभित्र ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने पक्षमा रहेका कार्यकर्ताबीच पार्टी कार्यलय सानेपामा आज २ पटक झडप भएको हो ।
विहान ११ बजे पख र अपरान्ह ३ ताका केन्द्रीय समिति बैठक सुरु हुँदै गर्दा फेरि झडप भएको हो । काँग्रेस कार्यालय परिसरमा दुई पक्षीय कार्यकर्ता आपसमा हात हालाहालको स्थितीमा रहेका थिए । झडपमा दुवै पक्षका कार्यकर्ताले ढुंगाहानाहान समेत गरेका थिए ।
झडपमा दर्जन बढी नेविसंघका कार्यकर्ता घाइते भएका बताईएको छ । यस्तै झडपका क्रममा बैठकमा सहभागी हुन पुगेका नेताहरुको गाडी समेत तोडफोड भएको जनाईएको छ ।