
७ चैत्र, काठमाण्डौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । संसदीय दलको बैठक सकिएको केही समयपछि नै केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा माधव नेपाल पक्षका केन्द्रिय सदस्य सहभागी छैन । त्यस्तै संसदीय दलको बैठकमा सहभागी भएका नेता वामदेव गौतम पनि अनुपस्थित हुनुहुन्छ ।
संसदीय दलको बैठकपछि गौतम आफू उपचारका लागि जाने भन्दै केन्द्रीय कमिटीको बैठकमा नबसी निस्किएको स्रोतले बताएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७