लिम्बू विद्यार्थी मंञ्च इलामको आयोजनामा लोक सेवा तयारी कक्षा सुरु

लिम्बू विद्यार्थी मंञ्च इलामको आयोजनामा लोक सेवा तयारी कक्षा सुरु

७ चैत्र, इलाम । लिम्बू विद्यार्थी मंञ्च इलामको आयोजनामा लोक सेवा आयोग तयारीको १५ दिने निशुल्क कक्षा सुरु भएको छ । शुक्रबार चैत्र ६ गते मंञ्चको २३ औँ स्थापना दिवशको अवसर पारेर तयारी कक्षाको उद्घाटन गरिएको हो ।

तयारी कक्षाको उद्घाटन मञ्चका केन्द्रिय उपाध्यक्ष रामकुमार लिम्बूले मैनबत्ति बालेर गर्नुभयो । चैत्र २१ गतेसम्म सञ्चालन हुने तयारी कक्षालाई पहिलो चरण रुपमा अगाडी सारिएको छ । पहिलो चरणको तयारी कक्षामा आईक्यू र जि.के. अथवा पहिलो पत्रको कोर्षलाई प्राथमिकतामा राखिएको छ ।

तयारी कक्षालाई विभिन्न कार्यालयमा कार्यरत निजामति कर्मचारीहरुले सहजिकरण गर्नेछन् । तयारी कक्षामा लिम्बू तथा गैर लिम्बू विद्यार्थीहरुको सक्रिय सहभागि रहेको छ ।

शुक्रवार भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि लिङदम सहित किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष याम प्रसाद लिम्बू, कियाचु इलाम जिल्ला अध्यक्ष गायत्री थेगिम लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

पहिलो दिनको तयारी कक्षामा विराटनगर उच्च अदालत इलाम इजलासका दिलकुमार लिम्बूले सहजिकरण गर्नुभएको छ ।

कार्यक्रममा जिल्ला बनस्पति कार्यालय इलामका लेखापाल प्रेम सुब्बा, विराटनगर उच्च अदालत इलाम इजलासका नायब सुब्बा दिलकुमार लिम्बू, जिल्ला निर्वाचन कार्यालय इलामका नायब सुब्बा कृष्ण सुब्बा र मालपोत कार्यालय इलामका लेखापाल मनोज योङहाङको उपस्थिति रहेको थयो ।

लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्यसमित इलामका अध्यक्ष अतित योङहाङको अध्यक्षता र संगठन विभाग प्रमुख राजेन्द्र फागोको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270