एमाले संसदीय दलको बैठक आज बस्दै

एमाले संसदीय दलको बैठक आज बस्दै


५ चैत्र, काठमाण्डौँ । सतारुढ दल नेकपा (एमाले)को आज संसदीय दलको बैठक बस्दै छ । आज बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताईएको छ । एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दलको बैठक बालुवाटारमा बोलाउनुभएको सचेतक भट्राईले जानकारी दिनुभयो ।

समसायिक परिस्थितिबारे, संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने र पार्टीको समस्याहरूलाई कसरी निराकरण गर्ने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको बताईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर