ओलीले बैठक नबोलाएपछि नेपाल समूह असन्तुष्ट

ओलीले बैठक नबोलाएपछि नेपाल समूह असन्तुष्ट


२७ फाल्गुन, काठमाण्डौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाएपछि माधव नेपाल समूह असन्तुष्ट बनेको छ ।

सर्वाेच्चको फैसलापछि पूर्व नेकपा एमाले र माओवादी पूर्व हैसियतमा पुगे पनि एमाले अध्यक्षको हैसियतले ओलीले बैठक बोलाउन ढिला गरेपछि नेपाल समूहले लागातार आफ्नो समूहको बैठक राख्दै आएको छ ।

हिजो केन्द्रीय कमिटी सदस्यहरुबीच छलफल गरेको माधव पक्षले आज स्थायी कमिटी सदस्यहरुबीच छलफल गरेको छ ।

‘नेकपा एकता हुन नसक्ने र एमाले माओवादी अलगअलग हुने सर्वाेच्चको फैसला तितो भएपनि त्यो स्थितिमा नेकपा एमालेलाई एकतावद्ध गरेर विधि, प्रणाली र पद्दतिबाट कसरी अघि बढ्ने, हाम्रो पार्टीको नेतृत्वमा सरकार छ । यस सम्बन्धमा के गर्ने भन्नेमा छलफल गर्न यथासिघ्र बैठक बोलाउनुपर्ने, छलफल होला भन्ने अपेक्षा गरेका थियौँ ।’ स्थायी समिति सदस्य भिम रावलले आजको छलफल पछि भन्नुभयो–‘त्यो नभएपछि यति ठुलो नेकपा त हामीले गुमायौ, फेरि एमालेको शक्ति पनि गुमाउनुपर्ने त होइन भन्नेमा हामीलाई चिन्ता लागेको छ ।’

नयाँ परिस्थितिमा नयाँ सरकार गठनको चर्चा समेत भइरहेका बेला पार्टीमा छलफल गर्दै नेकपा एमालेलाई एकतावद्ध भएर अघि बढाउन पार्टी कमिटिको बैठक जरुरी भएको नेता रावलले बताउनुभयो । उहाँले नेकपा एमाले पुन विभाजन हुने कुराको कल्पना समेत गर्न नसकिने बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर