प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलि देखी

प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलि देखी

२२ फाल्गुन, काठमाण्डौँ । प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलि आइतबारदेखि सुरु हुदैछ ।

संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फाल्गुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको छ ।

सर्वाेच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको निर्देशानुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन बस्न लागेको हो ।

यसअघि नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पैष ५ गते प्रतिनिधिसभा भङ्ग गरी निर्वाचनको घोषणा गर्नुभएको थियो ।

सङ्घीय संसद्को वर्षे र हिउँदे अधिवेशनबिच ६ महिनाभन्दा बढी समय खाली हुनु नहुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको छैटौँ अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो ।

राष्ट्रियसभाको सातौँ अधिवेशन भने पुस १७ गते नै आह्वान भई केही दिन चलेपछि अन्त्य भएको थियो । रासस

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270