प्रधानमन्त्री ओली भोली मंलवार उर्लावारी आउनुहुदैं

प्रधानमन्त्री ओली भोली मंलवार उर्लावारी आउनुहुदैं

१७ फाल्गुन, उर्लावारी । प्रधानमन्त्री केपी शर्मा ओली भोली मंलवार मोरङको उर्लावारी आउनुहुने भएको छ । शहरी विकास मन्त्रालयले मोरङको उर्लाबारी नगरपालिकामा बनाउन लागेको सन्थाल जातिको एकीकृत बस्ती शिलान्यासका लागि प्रधानमन्त्री ओली उर्लावारी आउनुहुने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको उक्त बस्ती निर्माणका लागि मन्त्रालयले गुरुयोजना तयार गरिसकेको छ । यही भोली प्रधानमन्त्री ओलीले सो बस्ती शिलान्यास गर्ने कार्यक्रम छ ।

उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा ३० करोड लागतमा एक सय ३२ घर निर्माण हुने सो बस्ती बनेपछि नगरपालिकाका जग्गा नभएका १०६ परिवार सन्थाल र २६ परिवार उराव जाति प्रत्यक्ष लाभान्वित हुनेछन् ।

अहिले मन्त्रालयले रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कुल १३२ वटा घर निर्माण गर्न लागेको हो । पुरै वस्ती निर्माणका लागि करिव ३० करोड रकम खर्च हुने जनाइएको छ ।

समग्र बस्तीका लागि भने आवश्यक पर्ने अन्य सामाजिक तथा आर्थिक पूर्वाधारअन्तर्गत सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, सामुदायिक भवनलगायतको निर्माण गर्नेगरी गुरुयोजनाको डिजाइन गरिएको हो ।

शहरी विकासमन्त्री प्रभु साहले पद सम्हालेको दुई महिनामै यो दोस्रो ठूलो परियोजनाको शिलान्यास हुन लागेको हो । यसअघि गत माघ १७ गते प्रधानमन्त्री ओलीले चितवनको भरतपुरमा महानगर सिटी हलको शिलान्यास गर्नुभएको थियो ।-filr photo.

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270