१६ फाल्गुन, झापा । झापाको दमक नगरपालिका–कमल गाउँपालिका र गौरादह नगरपालिकामा बन्ने नेपाल–चीन मैत्री नेपालकै सवैभन्दा ठूलो औद्योगिक पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको छ ।
करिव २१ सय विगाहा क्षेत्रमा निर्माण हुने भनिएको चिन–नेपाल मैत्री पार्कको उहाँले आईतवार शिलान्यास गर्नुभएको हो ।
त्यस्तै उहाँले आईतवार नै मदन भण्डारी राजमार्गमा पर्ने करिव ३० वटा पुलको एकैसाथ शिलान्यास गर्नुभएको छ । उहाँले झापा विभिन्न क्षेत्रमा निर्माण सम्पन्न भएका अन्य ४ वटा पक्की पुलको पनि उद्घाटन गर्नुभएको छ ।
झापामा बन्ने औद्योगिक पार्कको लागत करिव ६३ अर्ब रहेको छ । औद्योगिक पार्क निर्माणका लागि पहिलो चरणमा २ अर्ब बजेट रहेको सरकारले जनाएको छ । त्यस्तै दुई बर्षभित्र पार्क निर्माणले उल्लेख्य गति लिने र ४५ हजारले रोजगारी पाउने प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । उहाँले ५ वर्षभित्र पूर्वाधार निर्माण गरिसक्ने र १० वर्षमा दशौँ लाखले रोजगारी पाउने बताउनुभयो ।