१६ फाल्गुन, झापा । भौतिक पूर्वधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नेपालमा विकाशको मुल फुटेको बताउनुभएको छ । झापाको दमक नगरपालिका–कमल गाउँपालिका र गौरादह नगरपालिकामा बन्ने चिन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले सो कुरा बताउनुभएको हो ।
नेपाका केही नेताहरुले देशलाई अस्थितरता तर्फ लैजान खोजे पनि देशमा विकाश निर्माणको कार्य भने नरोकिएको उहाँले बताउनुभयो । “सुखी नेपाली समृद्ध नेपाल” निर्माणको आकांक्षा पुरा गर्न अहिलेको सरकार पुर्वाधार निर्माण देखी लिएर औद्योगिक विकाशका लागि परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘देश अहिले अस्थिरता तर्फ उन्मोख भएको छ तर पनि हामी विकाश निर्माणको कार्यलाई निरत्नरता दिईरहेका छौँ । यसैको वावजुत आज हामीले यहाँ औद्योगिक पार्ककको शिलान्यास गरेका छौँ ।’
मन्त्री नेम्वाङका अनुसार अहिले देशमा दैनिक जसो ५ वटा पुलको उद्घाटन हुने गरेको छ । उहाँले भन्नुभयो–‘आज मात्र झापामा हामीले चार वटा पक्कि पुलको उद्घाटन गरेका छौँ । कमल खोलाको १७० मिटर लामो पुल, मावा खोलाको २०० मिटर लामो पुल, दमक सेतुमारीको ३०० मिटर लामो पुल र दमक–चुलाचुली जोड्ने २०० मिटर लामो पुलको उद्घाटन गरेका छौँ ।’ उहाँले थप्नुभयो–‘यसका साथै हामीले आज नै मदन भण्डारी राजमार्गको चतारा पुर्वमा पर्ने ३० वटा पुलको एकै साथ शिलान्यास गर्नेछौँ ।’
झापामा बन्ने औद्योगिक पार्कको लागत करिव ६३ अर्ब रहेको छ । औद्योगिक पार्क निर्माणका लागि पहिलो चरणमा २ अर्ब बजेट रहेको सरकारले जनाएको छ । त्यस्तै दुई बर्षभित्र पार्क निर्माणले उल्लेख्य गति लिने र ४५ हजारले रोजगारी पाउने प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । उहाँले ५ वर्षभित्र पूर्वाधार निर्माण गरिसक्ने र १० वर्षमा दशौँ लाखले रोजगारी पाउने बताउनुभयो ।