सत्ता–साझेदारीका लागि दाहाल–नेपाल समूह र जसपाका नेताहरु बिच छलफल

सत्ता–साझेदारीका लागि दाहाल–नेपाल समूह र जसपाका नेताहरु बिच छलफल


१३ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकारमा सहकार्य गर्न जनता समाजवादी पार्टी (जसपा) सँग सत्ता समिकरणबारे वार्ता गरेको छ । जनता समाजवादी पार्टीले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारमा जान सक्ने संकेत देखाएसंगै नेकपा–जसपा सत्ता समिकरणबारे कुरा अगाडी बढेको हो ।

सर्वाेच्च अदालतको फैसलालाई जसपाका नेताहरूले स्वागत गरेका छन् । फैसलालगत्तै जसपाका शीर्ष नेताले अनौपचारिक छलफलसमेत गरेका थिए । जसपाका नेता महन्त ठाकुर तथा राजेन्द्र महतो र नेकपा अध्यक्ष दाहाल तथा नेपालले नयाँ सरकार बनाउँनेबारे समिकरणमा जोड दिनुभएको हो । नयाँ परिस्थितिबाट जसपाका नेता उत्साहित देखिएका छन् ।

प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन्  । तीमध्ये हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन् । बाँकी ३२ सांसद र नेकपाको दाहाल–नेपाल समूह मिलेमा नयाँ सरकार बन्न बहुमत पुग्ने जसपाका नेताहरूको विश्लेषण छ ।

जसपाका एक नेताका अनुसार दाहाल–नेपाल पक्षसँग कम्तीमा १ सय ६ सांसद हुन सक्ने अनुमान छ । त्यस्तो भएमा दाहाल–नेपाल पक्ष र जसपा मिले बहुमत पुग्छ । उनका अनुसार दाहाल–नेपाल समूह, नेपाली कांग्रेस र जसपा मिलेर सरकार बन्ने अर्काे सम्भावना पनि छ, जुन सबैभन्दा बलियो सम्भवना हो  ।

स्रोतका अनुसार सरकारमा जानु हुँदैन भन्ने लाइनमा जसपाका नेताहरू अहिलेसम्म देखिएका छैनन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर