गृहमन्त्री थापाको प्रश्नः जनताको ताजा जनादेशमा जाने कुरा कसरी प्रतिगामी भयो ?

गृहमन्त्री थापाको प्रश्नः जनताको ताजा जनादेशमा जाने कुरा कसरी प्रतिगामी भयो ?

८ फाल्गुन, विराटनगर । गृहमन्त्री रामबहादुर थापा बादलले जनताको ताजा जनादेश लिएर अस्थिरताई स्थायित्वमा बदल्न सकिने बताउनुभएको छ । नेकपा ओली समूहद्वारा विराटनरमा आज आयोजित सभामा बोल्दै थापाले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आन्दोलित हुनुपरेको उल्लेख गर्नुभयो ।

पार्टीको नेतृत्वलाई अलोकतान्त्रिक पद्धतिमा पदच्यूत गर्न खोजिएको बताउँदै उहाँले जनताको बीचमा जाने निर्णय पूर्ण लोकतान्त्रिक कदम भएको जिकिर गर्नुभयो ।

‘जनताको ताजा जनादेश लिने कुरो त्यो लोकतान्त्रिक कदम हो कि अग्रगामी कदम हो कि त्यो प्रतिगामी कदम हो ?’ उहाँले प्रश्न गर्नुभयो, ‘झल्केलाबाट, षडयन्त्रकारी ढंगबाट सरकारको नेतृत्व हत्याउने, सरकारलाई अपदस्त गर्ने कदम अग्रगामी हो कि प्रतिगामी हो ?’

देशमा सृजित पछिल्लो अवरोधहरुलाई जनताको बीचमा गएर जनताको ताजा जनादेश लिएर पन्छाउन सकिने उहाँको भनाई थियो । थापाले भन्नुभयो, ‘षडयन्त्रबाट होइन, लोकतान्त्रिक विधिबाट, जनतालाई साथ लिएर मात्रै देशमा उत्पन्न समस्याको समाधान गर्न सकिन्छ ।’

थापाले संसद विघटनपछि देश अस्थिरतातर्फ धकेलिएको उल्लेख गर्नुभयो । उहाँले गुटबन्दी र अवसरवादीका कारण अस्थिरताको अवस्था सिर्जना भएको बताउनुभयो । अहिलेको अस्थिरतालाई जनतामाझ गएर निर्वाचन गरि स्थिरता तर्फ ल्याउनु पर्ने उहाँको भनाई थियो । अवसरवादीले पार्टी फुट गराएको बताउँदै उहाँले जनताको बीचमा गएर आन्दोलनलाई एक ठाउँमा ल्याउन सकिने बताउनुभयो ।

यस्तै गृहमन्त्री बादलले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने केही दिनभित्र पक्राउ पर्ने बताउनुभयो । हत्याराको नजिक प्रहरी पुगेकाले केही समयभित्र हत्यामा संलग्न पक्राउ पर्ने बताउनुभएको हो । अपराधीलाई सरकारले कानुनी दायरामा ल्याउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270