६ फाल्गुन, सुनसरी । सुनसरीको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज कार्कीको सरुवा सूचनासँगै कर्मचारीहरु पालिकाको बजेट खर्च गर्न भारत भ्रमणमा गएका छन् । प्रमुख प्रशासकीय अधिकृत नवराज कार्की सहित पालिकाका आधा दर्जन बढी कर्मचारी एक साथ भारत भ्रमणमा निस्केपछि कार्यालयको काम समेत प्रभावित भएको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
गाउँपालिकामा आउने सेवाग्राहीहरु शाखाका कर्मचारीहरु एक साथ भ्रमणका लागि भारततिर लागेपछि रितै फर्किन बाध्य भएको स्थानीय असरफ साफीले गुनासो गर्नुभयो । गाउँपालिकामा विगतदेखी नै सेटिङ्गमा काम हुने र सेवाग्राहीलाई सास्ती दिने काम भएको भन्दै कर्मचारी विरुद्ध जनगुनासो हुँदै आएको थियो । प्रमुख प्रशासकीय अधिकृत कार्कीको कार्यशैली विरुद्ध जनगुनासो बढेकाले सरुवा गरेपछि पालिकामा कर्मचारीहरु सरकारी बजेट सक्न भ्रमणमा गएको साफीको आरोप रहेको छ ।
गाउँपालिकामा अहिले घरनक्सा पासदेखी लेखासम्मको र योजनादेखी सामाजिक क्षेत्रका कामसम्म प्रभावित भएको अर्का स्थानीय सदरुल मियाँले गुनासो गर्नुभयो ।
कार्यालयका प्रमुख कार्कीेको नेतृत्वमा कर्मचारीको टोली भ्रमणका लागि भारतको गौवा प्रस्थान गरेपछि ५ दिन देखी सेवाग्राहीहरु रितै फर्किने गरेको स्थानीयहरुले गुनासो गरेका छन् ।
कार्यालयको सामाजिक शाखा प्रमुख सिर्जना क्षेत्रीलाई प्रमुख प्रशासकीय अधिकृत कार्कीले निमितको जिम्मेवारी दिएर गएपछि कार्यालय अस्तव्यस्त बनेको बताइएको छ । कार्यालयमा एकसाथ ११ जना कर्मचारी अनुपस्थित भएकाले कार्यालयको काम प्रभावित बनेको बताइएको हो ।
कार्यालयमा निमित्तको जिम्मेवारी पाएकी क्षेत्रीले निमित्तको भरमा सबै काम नहुने भएकाले आफूले चाहेर पनि सबै गर्न नसकेको बताउनुभयो । उहाँले आफ्नो पदीय हैसियतले भ्याएसम्म र कागज र प्रक्रिया मिलेकालाई सक्दो सेवा दिएको दाबी गर्नुभयो । यता एकजना जनप्रतिनिधिले समेत पालिकाका १३ जना कर्मचारीहरु भ्रमणमा गएको पुष्टि गर्दै केही काम प्रभावित भएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार भ्रमणमा जाने कर्मचारी भएपनि दोष भने जनप्रतिनिधिलाई लाग्ने गरेको छ ।
महिला बालबालिकाको कार्यक्रम, मेलमिलापकार्यक्रम, लद्यु उद्यमकार्यक्रम उनीहरुलाई थाहान दिई अमुर्त ठाउँमा कागज मिलाएर फोटो र नजिकै तथा होटेल र अफसेटको बील भरपाई पेश गर्दै कयौं कार्यक्रम सकेको बर्जुका एक राजनैतिककर्मील बताउनुभयो । बर्जु गाउँपालिकाका प्रमुखप्रशासकीय अधिकृत सरुवा भए लगतै निजले आर्थिक लाभ लिनका लागि यस्ता कार्यमा लागेको स्थानीयहरुले बताए ।