
४ फाल्गुन, इलाम । इलाममा अटो दुर्घटनामा हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी इलाम नगरपालिका–९ का २० वर्षीय अबिकल सुन्दासको मृत्यू भएको हो ।
सोमबार साँझ साढे ३० बजे ईलाम नगरपालिका–७ तिल्केनी मोडस्थित मेचि राजमार्गमा इलाम बजारबाट गोलाखर्कतर्फ जाँदै गरेको मे.१ ह ३०२२ नम्बरको अटो अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी घाइते भएका सुन्दासको इलाम अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि नोवेल बिराटनगर अस्पताल लैजादैं गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७