राष्ट्रिय युवा संघको संयोजकबाट दीपशिखालाई हटाईयो

राष्ट्रिय युवा संघको संयोजकबाट दीपशिखालाई हटाईयो


२६ माघ, काठमाण्डौँ । नेकपा ओली समूहको राष्ट्रिय युवा संघले संयोजकबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई हटाएको छ । ललितपुरको च्यासलमा आइतबार बसेको ओली समूहको युवा संघको केन्द्रीय कमिटी बैठकले सापकोटालाई हटाएको हो ।

प्रचण्ड–माधव समूहमा लागेको संयोजकलाई हटाउन सहसंयोजक रमेश पौडेलको अध्यक्षतामा बैठक बसेको थियो । सापकोटालाई संयोजकबाट हटाइए पनि कसको नेतृत्वमा नयाँ संगठन बनाउने भन्ने छलफल भइरहेको बताइएको छ । आजसम्म चल्ने बैठकले संयोजक चयन गर्ने संघका नेता प्रभातविक्रम कटवालले जानकारी दिनुभयो ।

नेकपा केपी ओली र प्रचण्ड माधव नेपाल समूह गरी दुबै कित्तामा विभाजित भएपछि भ्रातृ संगठनमा पनि प्रभाव परेको छ । ओली र प्रचण्ड नेपाल समूहमा कित्ता क्लियर गरेका भ्रातृ संगठनको नेतृत्वलाई एक अर्काे समूहले काबारही गर्ने क्रम जारी छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर