२५ माघ, काठमाण्डौँ । संञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना प्रभावित श्रमजीवि पत्रकाहरुलाई राहत प्याकेज ल्याउने घोषणा गर्नु भएको छ । सरकारका प्रवक्ता समेत रहनुु भएका मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुुझाव दिन नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई आग्रह समेत गर्नुभयो ।
‘कोरोना प्रभावित सञ्चार गृह र श्रमजीवि पत्रकारहरुलाई तत्काल राहत दिनका लागि आवश्यक सुुझाव दिन म पत्रकार र पत्रकारहरुको संघ, संगठन सबैलाई आग्रह गर्दछुु,’ मन्त्री गुुरुङले भन्नुभयो, ‘सरोकारवाला निकायले दिएको सुुझावको आधारमा सरकारले राहत कार्यक्रम ल्याउनेछ ।’
मन्त्री गुरुङले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे मन्त्रालयलाई सुुझाव दिन सरोकारवाला निकायलाई आग्रह समेत गर्नुभयो । संञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आईतबार काठमाडौंमा आयोजित ‘आम सञ्चार र श्रमजीवि पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे समयमै सुुझाव दिन आग्रह गर्नुभएको हो ।
उहाँले पत्रकारहरुले आफ्नो आचारसंहिता पालना गर्ने कामलाई प्रभावकारी बनाउने उपायको विषयमा मन्त्रालयले सरोकारवाला निकायबाट सुुझावको अपेक्षा गरेको पनि स्पष्ट पार्नुभयो । उहाँले सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताउनुभयो ।